काठमाडौं, १० कात्तिक । तेह्रथुमका मनोज बास्तोला “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति” केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
बुधबार नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति” गठबन गरेको छ ।
साे उपसमितिको केन्द्रीय सदस्यमा बास्तोलालाई मानोनित गरिएको हो ।
तेह्रथुमका बास्तोला नेपाल बिद्यार्थी संघ नेपाल ल क्याम्पसका नेता हुन् । उनी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।
उक्त उपसमितिले आगामी निर्वाचनमा सूचना संकलन तथा अनुगमनका लागि काम गर्ने छ ।
संयोजक पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत रहेको “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” अन्तर्गत यो उपसमिति बनेको हो ।
तेह्रथुमका दुवै क्षेत्रमा पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक हामीले नै जोडेका हौँ : सिता गुरुङ
तेह्रथुम–२ क्षेत्रका ९० प्रतिशत भागमा विजुली मैले बालेँ, तर विपक्षीले जस लिँदैछन् : कन्दङ्वा
०७४ मा तेह्रथुमका सबै क्षेत्रमा मैले नै एमाले जिताएँ, तर सिन्काे भाँचिएन : दुर्गा चापागाईँ