नेकपा एस कास्की सचिव एमाले प्रवेश, भने – ‘अब माधव र झलनाथको अस्तित्व रहन्न’

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका कास्की जिल्ला सचिव नेकपा एमाले प्रवेश गरेका छन् ।

माधव नेपाल नेतृत्वमा एमालेबाट विभाजित भएको नेकपा एसका जिल्ला सचिव होम नेपाली शनिबार एमालेमै फर्किएको कास्की एमालेले जनाएको छ ।

उनी कास्की क्षेत्र नम्बर २ को एमाले उम्मेदवारको भेलामा एमाले प्रवेश गरेका हुन् । उनलाई

नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीमा स्वागत गरे । एमाले कास्कीका अनुसार उनीसँगै अब अन्य नेताहरु पनि एमालेमै फर्किने तयारी गरिरहेका छन् ।

पार्टी प्रवेश गर्दै नेता नेपालीले नेकपा एस सांगठानिक पद्धतिमा नचल्ने पार्टी रहेको आरोप आरोप लगाउँदै अस्तित्वमा रहन नसक्ने दावी गरे ।

उनले आफू १ वर्षसम्म माधव नेपाल र झलनाथ खनालको नाटक मञ्चनका पात्र बन्न पुगेको टिप्पणी गरे ।

‘१ वर्षमा धेरै बुझेँ, भोगेँ’, उनले भने ‘अब त्यो पार्टी रहन्नँ । नेपालमै रहन्न ।जो गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र रहनेछन्,’ उनले भने ।