तेह्रथुम, १९ कात्तिक । नेपाली काँग्रेसकी तेह्रथुम प्रतिनिधिसभा सदस्य उम्मेदवार सिता गुरुङले तमोर जलाशययुक्त आयोजना निर्माणको थालनीका लागि पहल गर्ने बताएकी छन् ।
चुनाव नजिकिएसँगै मतदाताहरुसँग उनले आगामी निर्वाचनमा विजयी प्राप्त गरे तमोर जलशाययुक्त आयोजना निर्माण गरि जिल्लाको विद्युतसँगै देशलाई नै झलमल पार्ने योजना रहेको सुनाइन् ।
उनले उक्त आयोजना छिटोभन्दा छिटो सम्पन्नमा पहल गर्ने उल्लेख गरिन् ।
‘बाँध निर्माण गरेर ७६२ मेघावाटको तमोर जलाशययुक्त आयोजना निर्माण गर्ने योजनाको पनि थालनी गर्ने चाहना छ,’ उनले भनिन्, ‘योजनालाइ छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर जिल्लाको मुहार फेर्नुछ।’