सिता गुरुङले पेश गरिन् तेह्रथुममा यसअघि गरेको काम र भविष्यका याेजनाहरु (सूचीसहित)

तेह्रथुम, २१ कात्तिक । नेपाली काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार सिता गुरुङले तेह्रथुममा आफूले गरेका काम सँगै भावी योजनाहरु पेश गरेकी छन् ।

एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको तेह्रथुममा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट सिता गुरुङ उम्मेदवार छिन् ।

उनले विगतमा पनि आफू पदमा हुँदा वा नहुँदा पनि धेरै सामाजिक तथा विकासको कामहरु गरेको दावी गर्दै शिर्षकसहित नै पेश गरेकी हुन् ।

‘०७४ मा उम्मेदवारकारुपमा यहाँहरू समक्ष आउँदा केही प्रतिबद्धता जनाएकी थिएँ । ती सबै मलाई हेक्का छ । तीमध्ये सडक निर्माण, बिस्तार र स्तरोन्नति, चुहानडाँडा विमानस्थल निर्माण, तमोर जलाशययुक्त विद्युत आयोजना निर्माण जस्ता भौतिक पुर्वाधारका विषय मुख्य थिएँ । त्यसैगरी महिलाको हक अधिकार र शशक्तिकरण, युवा लक्षित कार्यक्रम, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिसँग सम्बन्धित सिंचाई, उत्पादन र व्यवस्थापन तथा बजारीकरण, पर्यटन विकास लगायतका विषयहरूमा मेरो आफ्नो दृष्टिकोण प्रष्टसँग राख्दै आएको छु,’ उनले प्रतिबद्धता पत्रमा भनेकी छन् ।