तेह्रथुम खाम्लालुङका नारायण बसेलको उपचारमा आर्थिक अभाव

तेह्रथुम, २२ कात्तिक । सडक दुर्घटनामा परी गम्भीर अवस्थामा उपचार भइरहेका तेह्रथुम आठराई गाउँपालिका खाम्लालुङका नारायण बसेलको उपचारका लागि आर्थिक सहयोग माग गरिएको छ ।

हाल बसेलको विर्तामोड झापास्थित विएण्सी अस्पतालमा उपचार भइरहेको छ । उनको पारिवारिक अवस्था कमजोर रहेको र उपचारका लागि आर्थिक समस्य परेकाले सहयोगको याचना गरिएको हो ।

उनको उपचारमा सहजता होस् भन्ने उदेश्यले इजरायलबाट देव बास्कोटाको नेतृत्वमासमेत आर्थिक संकलन अभियान संचालन भइरहेको छ ।