काठमाडौं, २३ कात्तिक । गएराति गएको भूकम्पमा परि डोटीमा ६ जनाको मृत्यु भएको छ । उनीहरुको भूकम्पले घर भत्काउँदा ज्यान गएको हो ।
मगलबार मध्यराति करिब २ बजेर १२ मिनेट जाँदा ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
भूकम्पले घर भत्किँदा डोटीको पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा रहेका छन् ।
त्यस्तैगरी ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरी मृत्यु भएको हो ।