फेदाप गाउँपालिकाको प्रगति, सबै सामुदायिक विद्यालयमा इन्टरनेट जडान !

तेह्रथुम, २४ कात्तिक । तेह्रथुमको फेदाप गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडान हुने भएको छ ।

गाउँपालिकाले एक सुचना जारी गर्दै केही विद्यालयमा इन्टरनेट जडान भइसकेको र केहीमा जडान गर्न बाँकी रहेकाले जडान कार्यमा सहयोग गर्न सम्बन्धित सरोकारहरुमा आग्रह गरेको छ ।

विद्यालयमा इन्टरनेट जडान गर्दा विद्युत आपूर्तीलाई सहज पुर्याउन र जडान कार्यका लागि खटिएका प्राविधिकहरुलाई आवश्यक समन्वय गरिदिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

सामुदायिक शिक्षालाई प्रवर्द्न गर्ने उदेश्यले गाउँपालिका क्षेत्रका सबै विद्यालयमा इन्टरनेट जडान गर्न लगिएको हो ।