एमालेले वृहत्तर रुपमा पार्टी प्रवेश अभियान चलाउदै

काठमाडौं, २ पुष । नेकपा एमालेले पार्टी प्रवेश अभियान चलाउने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा आफूलाई उभ्याउन एमालेले उक्त अभियान चलाउन लागेको हो।

एमालेले वामपन्थी र प्रगतिशिल बिकास गर्ने दावी समेत गरेको छ । यसको लागि पार्टी प्रवेश अभियान आवश्यकता रहेको भन्दै यो कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ ।

एमालेको १०औँ महाधिवेशनले आगमी तीनै तहको निर्वाचनमा पहिलो दल बन्ने निर्णया तथा संकल्प गरेको थियो । ‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ ।

पाँच दलिय गठबन्धनलाई चुनौति दिँदै एमाले एक कित्तको पार्टी र अर्को कित्ता पाँचदलिय गठबन्धन भएको एमालेको ठहर छ ।

नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व एमालेले नै गर्ने दावीसहित पार्टी प्रवेश कार्यक्रम गर्न लागेको हो ।

सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले जनाएको छ ।