राज्यमन्त्रीको पहलमा तेह्रथुम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान, गाउपालिकाहरुलाई पनि दिइने

तेह्रथुम, २ पुष । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको पहलमा तेह्रथुम जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

आज तेह्रथुम जिल्ला अस्पतामा एक कार्यक्रमका बिच राज्यमन्त्री खापुङका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङवाले विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण बितरण गर्नुभएको हो ।

जसमा पोटेवल भेन्टीलेटर एक थान, बाईप्याप मेसिन दुई थान, अक्सिजन कन्सेन्ट्रेटर ९९ लिटरको दुई थान, अक्सिजन सिलिन्डर ५० लिटरको पाँच थान गरि ११ लाख ४८ हजार ४ सय ५८ रुपौया बरावरको स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको जिल्ला अस्पताल तेह्रथुमका निमित्त मेडिकल सुपरिटेन्डेट डा. अनुपम घिमिरेले बताउनुभयो ।

यसअघि राज्यमन्त्री खापुङकै पहलमा जिल्ला अस्पताल तेह्रथुम सहित छथर अस्पताल, फेदाप अस्पताललाई समेत विभिन्न स्वास्थ सामाग्री तथा उपकरण वितरण गरिएको छ ।

हाल सम्म जिल्लामा २ करोड बढीको स्वास्थ्य सामग्री तथा उपकरण जिल्ला भित्रिएको राज्यमन्त्री खापुङका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङवाले बताउनुभयो ।

राज्यमन्त्री खापुङले आफ्नो कार्यकालमा नागरिकहरलाई स्वास्थ्य पहुँचबाट बञ्चित हुन नदिने बताउदै आउनुभएको छ । यस्तै यही हप्ता फेदाप असपताल, छथर अस्पताल र आठराई अस्पताललाई समेत विभिन्न स्वास्थ्य सामग्री बितरण गरिने भएको छ।

यसअघि जिल्ला अस्पताल धनकुटालाई समेत बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरि सकिएको मन्त्रीको सचिवालयले जजाएको छ ।