आठराई इङ्लिस बोर्डिङ स्कुल चुहानडाँडाले माग्यो २ शिक्षक

तेह्रथुम, २६ कात्तिक । आठराई इङ्लिस बोर्डिङ स्कुल आठराई गाउँपालिका ६ चुहानडाँडाले २ शिक्षकको बिज्ञापन खुला गरेको छ । बोडिङले एक बिज्ञान र एक गणित शिक्षकका लागि बिज्ञापन खुला गरेको हो ।

शिक्षकको सेवा सुविधा आपसी समझदारीमा हुने भनिएको छ । आवेदकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।  शिक्षकका लागि आवश्यक योग्यता सम्बन्धित विषयमा स्नातक वा सो सरह भनिएको छ । शिक्षण अनुभव भएकाहरुलाई पहिलो प्राथमिकता दिइने सुचनामा उल्लेख गरिएको छ ।

थप जानकारीको लागि
प्रिन्सिपल : प्रकास सिवा
श्री आठराई ईङ्लिस बोर्डिङ
स्कुल आठराई – ६ चुहानडाँडा,
तेह्रथुम
फोन नं.: 9862296932
9808405504