काठमाडौं, २ पुष । बिएण्सी अस्पतालका संचालक दुर्गा प्रसाईँले नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईँलाई उपप्रमुखको जिम्मेवारी दिएका हुन् । उनलाई अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा ओलीले उक्त जिम्मेवारी दिने निर्णय गरेका हुन् ।
पूर्वमाओवादीमा रहेका प्रसाई भर्खरै नेकपा एमाले प्रवेश गरेका थिए । एमालेको १०औँ महाधिवेशनले उनलाई केन्द्रीय सदस्य बनाएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको रुपमा ओलीले व्यवसायी मोतीलाल दुगडलाई जिम्मेवारी दिएका छन् ।