म विरुद्ध गलत प्रचार भयो, मेरो समर्थन पाँच दलीय गठबन्धनलाई नै छ : तेजप्रसाद कन्दङ्वा

तेह्रथुम, ०३ मंसिर । नेकपा माओवादी केन्द्रका प्रदेश– १ सल्लाहकार सदस्य तेजप्रसाद कन्दङ्वाले आफूबिरुद्ध सत्ता गठबन्धन भित्रकै नेताहरुले राजनैतिक चरित्र ह,त्या गर्नेगरी विभिन्न बिषयमा मिथ्या, कपोकल्पित र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आठराई गाउँपालिका– ६ का पूर्ववडाध्यक्ष समेत रहेका कन्दङ्वाले सामाजिक संजला फेसबुकमा स्टाटस लेख्दै आफूलाई सत्ता गठबन्धनका नेताहरुले एमाले नेताहरुसँग भेटघाट तथा साँठगाँठ गरेको भनेर गलत प्रचार गरेको भन्दै खडण्न गरेका हुन् ।

उनले आफू विगत लामो समय देखि नि:श्वार्थ रुपमा व्यक्तिगत फाइदाहरुलाई त्यागेर निरन्तर समाज र राज्यको विभिन्न निकायमा रहेर सेवा गरिरहेको बताएका छन् ।

‘ यही कात्तिक ३० गतेका दिन विभिन्न व्यक्ति र माध्यमबाट मेरो राजनैतिक चरित्र ह,त्या गर्नेगरी विभिन्न बिषयमा मिथ्या कपोकल्पित र भ्रामक प्रचार गरिएको सुन्नमा आएकोछ,’ उनले लेखेका छन्, ‘ब्यक्तिको राजनैतिक चरित्र ह,त्या गर्नेगरि गरिएको भ्रामक प्रचार गर्ने ब्यक्तिहरुको घृणित कार्यप्रति खेदप्रकट गर्दछु।’

कन्दङ्वाले मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एमालेका उमेद्वारहरुप्रति सैद्धान्तिक कार्य शैली र विगत पदमा रहदा निर्वाह गरेको भूमिका प्रति आफ्नो असहति भएको स्पष्ट पार्दै आफू माओवादी सहितको पाँच दलीय गठबन्धनमै रहेको उल्लेख गरेका छन् ।

उनले पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धनका साझा उर्जावान यूवा उमेद्वारहरुलाई आफ्नो  समर्थन  रहेकोसमेत स्पस्ट पारेका छन् ।

‘म नेकपा माओवादी केन्द्रको प्रदेश– १ सल्लाकार सदस्यको जिम्मेवार बहन गर्दै आएको छु । अहिले हुन गईरहेको आमनिर्वाचनमा नेकपा एमालेका उमेद्वारहरु प्रति मेरो सैद्धान्तिक कार्य शैली र उहाहरुले बिगत पदमा रहदा निर्भाह गरेको भूमिका प्रति मेरो असहमति रहेको स्पष्ट पार्दै वर्तमान अवस्थामा निर्माण भएको माओवादी केन्द्र सहितको पाँचदलिय वाम–लोकतान्त्रिक गठबन्धनका साझा उर्जावान यूवा उमेद्वारहरुलाई मेरो समर्थन रहेको जानकारि गराउदछु,’ उनले लेखेका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कन्दङ्वाले वडास्तरमा एमालेसँग तालमेल गरेका थिए ।

आफू निकट वडास्तरका माओवादी नेता कार्यकर्ताको समूहसहित एमालेसँग तालमेल गर्दा आठराई– ६ चुहानडाँडामा उनको समूहले २ सदस्यको टिकट पाएको थियो ।

त्यस्तै एमालेले वडाध्यक्षसहित २ सदस्यमा उम्मेदवारी दिएको थियो । यद्यपि वडाका सबै पदका उम्मेदवारहरु पाँचदलीय गठबन्धनसँग पराजित हुन पुगेका थिए ।

यसैबीच मंसिर ४ गतेको निर्वाचन सघारमा कन्दङ्वाले एमालेका नेताहरु भेटेको चर्चा चलेको थियो । सोही विषयको खण्डन गर्दै उनले आफू एमाले नेताहरुसँग नभेटेको भन्दै आफू गठबन्धनकै पक्षमा रहेको प्रष्ट पारेका हुन् ।