पाँचथर, ३ मंसिर । मौन अवधिको समयमा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं, ३ खोलाघारीमा भोट माग्दै गरेका फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङलाई मौन अवधिमा भोट नमाग्न आग्रह गर्दा नेकपा (एमाले)का एक स्थानीय कार्यकर्तामाथि कु,टपीट भएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य श्रीप्रसाद जबेगूका अनुसार फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ भोट माग्दै सोही गाउँपालिकाको वडा नं. ३ खोलाघारी पुग्नुभएको थियो ।
यस क्रममा मौन अवधिको पालना गर्न आग्रह गर्दा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्दीप राईमाथि ज्यान मार्ने धम्की दिइएको थियो ।
मौन अवधिको पालना गर्न अन्य स्थानीयवासीले समेत आग्रह गरेपनि फालेलुङ–३ का वडाध्यक्ष शक्ति केरुङ सहितको टोली समेत घटनास्थल पुगी स्थानीय एमाले श्रीप्रसाद खनालमाथि आ,क्रमण भएको हो ।
गाउँपालिका अध्यक्ष र वडाध्यक्षको आ,क्रमणबाट खनाल सामान्य घाइते हुनुभएको जबेगूले जानकारी दिनुभयो ।
मौन अवधिको पालना नभएको, स्थानीयवासीलाई दबाव तथा प्रलोभन देखाइएको भन्दै स्थानीयवासीले प्रशासनलाई खवर गरेका छन् ।
गाउँपालिका अध्यक्ष र वडाध्यक्षको धम्कीपछि आ,क्रमण हुनसक्ने भन्दै एमाले कार्यकर्ताहरुले घर छोडेर भागेका छन् ।