मतदान गर्न जाँदै हुनुहुन्छ ? यी कागजात लैजान नभुल्नुस्

काठमाडौं, ०४ मंसिर । आज मुलुकभर प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । नेपालभर २२ हजार २२७ मतदान केन्द्र तयार भएको निर्वाचन आयोगले जनाएको छ ।

यदी तपाईँ पनि मतदान गर्न आफ्नो जाँदै हुनुहुन्छ भने आवश्यक कागजात लैजान नभुल्नु होला। निर्वाचन आयोगका अनुसार मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र लैजानै पर्छ।

यदी तपाईँसँग मतदाता परिचय पत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट (राहदानी)का आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले शनिबार दिउँसो विशेष पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्धक्क भएर मतदान गर्नु हुन सबै नागरिकहरुलाई आग्रह गरेका छन् ।

आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।