तेह्रथुम, ०४ मंसिर । तेह्रथुममा मतदान गर्न गएका एक वृद्धको ज्यान गएको छ । जिल्लाको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा मतदान गर्न पुगेका वृद्धको लाइन लाग्ने क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार मतदान गर्न लाइन बसेका स्थानीय ८८ वर्षीय युहाङ जित लिम्बूको मृत्यु भएको हो ।
तेह्रथुम प्रदेशसभा–२ : कडा प्रतिद्वन्द्वी कन्दङ्वा र चापागाईँले सँगसँगै हाले भोट
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पनि वृद्धको ज्यान गएको पुष्टि गरे । वृद्धको मृत्युको कारण खुल्न सकेको छैन घटना सम्बन्धमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।