पाँचथर, २ पुष । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथर बहुमुखी क्याम्पसले ४१ सदस्यीय संकाय कमिटी गठन गरेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला नेताहरुको उपस्थितीमा प्रथम बर्ष शिक्षा संकाय कमिटी गठन गरिएको हो ।
अनेरास्ववियू नेताहरु राजु राईको अध्यक्षता, आइन्द्र जबेगुको प्रमुख आतिथ्यताका साथै रोशन न्यौपाने, प्रकाश लोहार र निरन्ता राईको आतिथ्यमा संकाय कमिटी गठन भएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा सुनिल रिमाल चयन भएका छन् । त्यस्तै उपाध्यक्ष नुमा केरुङ, सचिव शारदा राई, सहसचिवमा मनोज थापा र
कोषाध्यक्षमा संगिता मगर चयन भएका छन् ।