ललितपुर– २ मा एमालेको फराकिलो अग्रता, सत्ता गठबन्धन पछाडि

ललितपुर, ०५ मसिर। ललितपुर–२ मा मतगणना थालिएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार सर्वदलीय बैठब बसेर आइतबार बिहान २ बजेदेखि मतगणना थालिएको हो ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति २ बजेदेखि नै मत गणना थालिएको हो

पछिल्लो मत परिणाम अनुसार ललतिपुर २ मा एमालेका प्रेमबहादुर महर्जनले ११७ मत प्राप्त गरेका छन् ।

त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९७ मत प्राप्त गरेको छ ।

१४ जना दलीय तथा ८ स्वतन्त्रसहित यस निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।