बाजुरा, ०५ मंसिर । स्थानीयको कु,टाइबाट एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको मृ,त्यु भएको छ ।
प्रहरीको गोली लागेर आइतबार साँझ स्थानीय युवा सञ्जीव अयडी मृ,त्यु भएपछि स्थानीयले चेतनलाई कुटेका थिए ।
कुटाइबाट शक्त घाइते भएको चेतनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उनी बाजुराको त्रिवेणी नगरपालिका ७ का स्थायी बासी हुन् ।
‘कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको हो,’ बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने ।
उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको अधिकारीले बताएका छन् । उता एमाले कार्यकर्ताहरुले भने राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि कु,टपिट गरि ज्यान लिएको आरोप लगाएका छन् ।