धनुषा– ३ मा पनि एमालेको फराकिलो अग्रता, जुलीकुमारी महतो ‘लिडिङ’मा

धनुषा, ०५ मसिर । धनुषा–३ मा एमालेकी जुलीकुमारी महतोलाई सुरुवाती अग्रता मिलेको छ । हालसम्म ७ सय मत गणना भएसकेको छ । जसमा नेकपा एमालेकी जुलीकुमारी महतोलाई अग्रता छ ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत प्राप्त भएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत प्राप्त गरेका छन् ।