काँग्रेसले मुस्ताङबाट विजयी सुरुवात गर्यो, २८ वर्षका याेगेश विजयी

मुस्ताङ । नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यमा उम्मेदवार मुस्ताङमा विजयी भएका छन् । यो सँगै काँग्रेसले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न मतगणनामा काँग्रेसका योगेश गौचन विजयी भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

एमालेका प्रेम तुलचनलाई पराजित गर्दै २८ वर्षका गौचनले जित हात पारेका हुन् ।
निर्वाचित गौचन नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छारो छोरा हुन् । उनका बुबा रोमी ०७४ को निर्वाचनमा एमालेका प्रेम तुलचनसँग पराजित भएका थिए । त्यसको ५ वर्षपछि छोरा योगेशले एमालेसँग रोमीको हारको बदला लिएका छन् । योगेश काँग्रेसका विद्यार्थी नेता हुन् ।