एमाले अध्यक्ष ओलीको क्षेत्रमा मतगणना सुरु

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा – ५ मा मतगणना सुरु भएको छ ।

केहीबेर अघिबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सुरु भएको जनाइएको छ ।

यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।