झापा-५ मा उडे केपी ओली, ५० प्रतिशत भन्दा बढी मत ओली एक्लैलाई !

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुरुवाति चरणमै फराकिलो मतान्तरका साथ अघि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार ओलीले १८०० मत प्राप्त गरेका छन् । जबकी यो समयसम्ममा २६०० मत मात्रै गनिएको छ । त्यस्तै काँग्रेसका डा. खगेन्द्र अधिकारीले ८०० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा लेखक युग पाठक पनि स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ९५० मतसहित प्रारम्भिक अग्रता कायम गर्नुभएको छ ।

काठमाडौँमा महानगरपालिका वडा नं १६ नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८५६ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ६९८ मत प्राप्त गर्नुभएको छ । अपराह्न ४ बजेसम्म तीन हजार ६५९ मत गणना सकिएको छ । गणना गरिएको मतमध्ये तीन हजार ५४४ सदर र ११५ मत बदर भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

सो क्षेत्रमा पानीको जार निर्वाचन चिह्नका उम्मेदवारले २४३, लौरो निर्वाचन चिह्नका उम्मेदवारले १३८ र क्रस खुकुरी निर्वाचन चिह्नका उम्मेदवारले १२७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं ७ को प्रदेशसभातर्फको दुवै क्षेत्रको मतगणना शुरु भएको छ ।