फिदिम, ७ मसिर । पाँचथरको प्रतिनिधिसभातर्फ एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभातर्फका एमाले उम्मेदवार वसन्त नेम्वाङले अग्रता कायम गरेका हुन् ।
उनले हालसम्म १६७२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बेले १४९७ मत प्राप्त गरेका छन् । यहाँ सोमबार बेलुकाबाट मत गणना भएको हो । नेम्वाङ र आङ्देम्बेबीच मतान्तर २१५ रहेको छ ।
त्यस्तै प्रदेशतर्फ कमा एमालेका राजकुमा भण्डारीले १६२३ पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कलम जवेगुले १९२३ मत पाएका छन् ।
त्यस्तै प्रदेश खमा एमालेका अइन्द्र आइन्द्र सुन्दर नेम्वाङले २०८० मत प्राप्त गर्दा माओवादीका इन्द्र बहादुर आङ्वोले २१९३ मत सहित लिड गरिरहेका छन् ।
मतान्तर ११३