चितवन– २ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कामयै

चितवन, ०६ मंसिर। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा आएका छन् ।

शहरी क्षेत्रको मत गन्दा उनलाई दोस्रो स्थानको मत प्राप्त भइरहेको हो । पछिल्लो मत परिणाम अनुसार उनी एमालेका कृष्णभक्त पोखरेल पहिलो स्थानमा छन् ।

हालसम्म यहाँ ७ हजार ७४५ मत गणना हुँदा एमालेका पोखरेलले २ हजार ६०३ मत प्राप्त गरेका छन् । त्यस्तै रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका छन् ।