लमजुङमा पृथ्वी सुब्बाले झण्डै २ हजार मतले पछि पारे माओवादीका देव गुरुङलाई

लमजुङ, ०६ मंसिर। लमजुङमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले अग्रता कायम राखेका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वन्द्वी माओवादी केन्द्रका महासचिव देव गुरुङलाई १९०० बढी मतले पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका गुरुङले ९१०९ मत ल्याउँदा माओवादीका देव गुरूङले ७२०० मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत ल्याएका छन्