पाँचथरमा वसन्त नेम्वाङको अग्रता कायमै, पछि परे आङ्देम्बे

पाँचथर, ०६ मंसिर । पाँचथरमा नेपाली काँग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे पुन पछि परेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त नेम्वाङले २७०० मत प्राप्त गर्दा आङ्देमबेले २६८७ मत प्राप्त गरेका हुन् । यसअघि नेम्वाङ पछि परेका थिए ।

काँग्रेसमा सहमहामन्त्रीसमेत रहेका आङ्देम्बे र पूर्वमन्त्री नेम्वाङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।