झापा– ५ मा फेरी उडे केपी ओली, प्रतिद्वन्द्वी भन्दा झण्डै ५ हजारले अगाडि

झापा, ०६ मंसिर । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीले मतान्तर लम्ब्याएका छन् ।

ओलीले हालसम्म ११ हजार २८ मत पाएका छन् । त्यस्तै काँग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५१६ मत पाएका छन् ।

बैतडीमा एमाले अघिअघि माओवादी केन्द्र पछिपछि

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।

सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । उहाँलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९ मतका साथ पछ्याइरहनुभएको छ । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।

यस्तै प्रदेशसभा (१) मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाउनुभएको छ ।

यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा (२) मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गर्नुभयो ।

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याउनुभएको छ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा नेकपा ९एमाले०का लालबाबु पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं ६ ९१० प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा ९माओवादी केन्द्र०का जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याउनुभएको छ । उहाँहरुले चार हजार छ सय ६९ मतगणना गर्दा उक्त मत प्राप्त गर्नुभएको हो ।

यस्तै क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ९जोगी०ले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत प्राप्त गर्नु भएको छ ।

उहाँहरुले १२ हजार तीन सय ८२ मतगणना गर्दा उक्त मत प्राप्त गर्नुभएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याउनु भएको छ । उहाँहरुले मतगणना भएको १५ हजार आठ सय १३ मा उक्त मत प्राप्त गर्नुभएको हो ।

मोरङ ४ मा अग्रता

मोरङ ४ को प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का अमनलाल मोदीले पाँच हजार सात सय ९२ मत ल्याउनुभएको छ ।

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले सार्वजनिक गर्नुभएको मत परिणामअनुसार एमालेका विनोदप्रसाद ढकालले चार हजार एक सय ४९ र राप्रपाका रबी रिजालले तीन सय २६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुले मतगणना भएको ११ हजार चार सय ७९ मा सो मत प्राप्त गर्नुभएको हो ।

यसैगरी क्षेत्र नं ४(क) प्रदेश सभातर्फ सत्ता गठबन्धनतर्फबाट कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६, एमालेका जयप्रकाश चौधरीले तीन हजार चार सय सात र राप्रपाका आशनारायण माझी थारुले छ सय ९९ मत ल्याउनुभएको छ । नौ हजार एक सय १७ मतगणना सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक १ मा एमालेको अग्रता
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा ९एमाले ०को अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गर्नुभएको छ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मत प्राप्त पछ्याइरहनुभएको छ ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उहाँले दुई हजार एक सय ३९ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाउनुभएको छ । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ ।

जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उहाँले तीन हजार ३५ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाउनुभएको छ । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएकोे छ ।