धादिङ-१ मा नेकपा एसका उपाध्यक्ष पाण्डे पछि परे, एमालेको अग्रता

धादिङ, ०६ मंसिर । धादिङ–१ मा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पछि परेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २१७ मतले पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका त्रिपाठीले समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् ।

त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् ।

बाँकेको क्षेत्र नं १ मा २ र ३ मात्र क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता

बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले अग्रता लिनुभएको हो ।

तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ अग्रता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का गहतराजले तीन हजार नौ सय ६ मतका साथ पछ्याइरहनुभएको छ । क्षेत्र नं २ मा २७ हजार नौ सय ७५ मतगणना हुँदा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणाले १३ हजार तीन सय ५१ मतका साथ अग्रता कायम गर्नुभएको छ । यहाँ जनता समाजवादी पार्टी ९जसपा० का मोहम्मद इश्तियाक राइले आठ हजार पाँच सय ३९ मत, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार सात सय ५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिनुभयो ।

क्षेत्र नं ३ मा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सात हजार चार सय ६५ मत ल्याएर अहिले अग्रता कायम गर्नुभएको छ । योभन्दा अघि उहाँ सुरुदेखि दोस्रो स्थानमा हुनुहुन्थ्यो । नेकपा ९एमाले०का किस्मतकुमार कक्षपतिले सात हजार दुई सय ४३ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले दुई हजार छ सय २९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना तीन स्थानमा भइरहेको छ । क्षेत्र नं १ को राप्ती सोनारी गाउँपालिका सभाकक्ष क्षेत्र नं २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं ३ को खजुरास्थितकपास विकास समितिको कार्यालय परिसरमा मतगणना भइरहेको छ ।

सिन्धुपाल्चोक १ मा एमालेको अग्रता

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा ९एमाले ०को अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गर्नुभएको छ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मत प्राप्त पछ्याइरहनुभएको छ ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उहाँले दुई हजार एक सय ३९ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाउनुभएको छ । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ ।

जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उहाँले तीन हजार ३५ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाउनुभएको छ । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएकोे छ ।