काठमाडौं, ०६ मंसिर । तेह्रथुमको प्रदेश-२ मा गठबन्धनलाई सुरुवाती अग्रता मिलेको छ ।
पछिल्लो मत परिणाम अनुसार माओवादीका दुर्गाप्रसाद चापगाईँले २१४ मत प्राप्त भएको छ । त्यस्तै एमालेका तेजमान कन्दङ्वाले १९३ मत पाएका छन् ।
हालसम्म यस क्षेत्रमा ५०० मत गनिएको छ ।
झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।
अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।
यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–९१० मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक परिणाम नुसार उहाँले नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गर्नुभएको छ ।
झापा–५९२० मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गर्नुभएको छ ।