एमालेसँग टाढिने मुडमा माओवादी, के हो कारण ?

काठमाडौं, १५ माघ । । एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

यो वर्षको एसईई परीक्षा चैत १७ गतेबाट (तालिकासहित)

तेह्रथुम, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार यो वर्षको एसईई चैत १७ गतेबाट हुने भएको छ । माघ ११ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार उक्त मितिबाट परीक्षा संचालन हुने…

एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।…

को हुन् नवनिर्वाचित सभामुख घिमिरे ? जो ०३५ सालमै नेकपा तेह्रथुम र पाँचथर संगठक थिए

काठमाडौं, ०६ माघ ।  प्रतिनिधिसभा सभामुखमा निर्वाचित देवराज घिमिरे ताप्लेजुङ सिरिजंघा गाउँपालिका–३ मा १३ जेठ २०१३ मा जन्मिएका हुन् । उनी हाल झापा अर्जुनधारा नगरपालिका–६ का स्थायीबासी छन् । स्नातकसम्म अध्ययन गरेका घिमिरेले बाल्यकालमा स्थानीय श्रीसिंहदेवी प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ…

जहाज दुर्घटनाको कारण के हो ?

२ माघ , पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो । ल्यान्डफिल…

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास

काठमाडौं । एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई…

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार

काठमाडौं । नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा…

‘धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय’ नामक पुस्तक सार्वजनिक

काठमाडौं, १२ पुष । बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् । उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको…

आठराई बोर्डिङ स्कुल चुहानडाँडामा ३ शिक्षक आवश्यकता

तेह्रथुम, २८ मंसिर । आठराई इंग्लिस बोर्डिङ स्कुल चुहानडाँडाले ३ शिक्षकको विज्ञापन खुला गरेको छ । स्कुलले बुधबार एक सुचना जारी गर्दै विभिन्न विषयमा लागि ३ शिक्षको माग गरेको हो । सुचना अनुसार नर्सरी, युकेजी र एल केजीका लागि एक…

मैनाली समाज र आठराई – ६ को समन्वयमा एम्बुलेन्स संचालनमा, वडाबासीलाई २० प्रतिशत छुट

तेह्रथुम, १७ मंसिर । मैनाली समाज तेह्रथुम र आठराई गाउँपालिका– ६ वडा कार्यलय चुहानडाँडाको समन्वय तथा आर्थिक सहयोगमा एम्बुलेन्स संचालनमा आएको छ । मैनाली समाज नेपालले तेह्रथुमलाई एक वर्ष अगाडि नै प्रदान गरेको उक्त एम्बुलेन्स वडाको समन्वय तथा आर्थिक सहयोगमा…