अध्यक्ष ओलीका बुबाको ९३औँ जन्मदिन आज, ओलीसहित राजेन्द्र लिङ्देनद्वारा सुभकामना

झापा, ०२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको ९३ औं जन्मदिन मनाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले झापा पृथ्वीनगरस्थित निवासमा पुगेर बुबाको जन्मदिनको शुभकामना व्यक्त गरे ।

अध्यक्ष ओली निर्वाचनको संघारमा झापामै थिए । अध्यक्ष ओलीसँगै झापा पत्नी राधिका शाक्य र राप्रपाका अध्यक्ष एवम् झापा क्षेत्र नं ३ मा एमाले र राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि संयुक्त उम्मेदवार राजेन्द्र लिङ्देन पनि पुगेका जन्दिन मनाउने कार्यक्रममा पुगेका थिए ।

अध्यक्ष ओलीले बुबालाई सुस्वास्थ्य र दीर्घायुको कामना गरे । त्यस्तै ओली र लिङ्देनले मोहनप्रसादबाट आशीर्वाद लिएका थिए । तेह्रथुमको आठराई इवामा जन्मिएका मोहन प्रसाद ओलीको परिवार पछि झापा भरेको थियो ।

अध्यक्ष ओलीको पनि तेह्रथुममै जन्म भएको हो । ओलीले प्रथामिक तहको शिक्षा तेह्रथुममै लिएका थिए ।