तेह्रथुम पावरको नाफामा उछाल, ३९.८९ प्रतिशतले बढ्याे नाफा

काठमाडौं, २ मंसिर । तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफा उल्लेख्य बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक रिपोर्टमा उल्लेख्य नाफा आर्जन गरेको हो ।

विवरण अनुसार कम्पनीले समिक्षा अवधिसम्म आइपुग्दा १ करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो गएको वर्षको आर्थिक बर्षको यसै अवधिका तुलनामा ३९.८९ प्रतिशतले बढि हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड १८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५ करोड ७६ लाख ४० हजार रूपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो बर्षको यसै अवधिको तुलनामा २०.९२ प्रतिशतले बढि हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ७६ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ र जगेडा कोषको आकार ८ करोड ३१ लाख ६६ हजार रूपैयाँ नकारात्मक रहेको छ ।

पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ४.६१ रुपैयाले बढेर १६ रुपैयाँ ६१ पैसा पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ७९ रुपैयाँ पुगेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात २० गुणा रहेको छ ।